(१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन गरेमा तोकिएको अधिकारीले निजलाई पाँचहजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ । त्यस्तो कसूरबाट कसैको हानि नोक्सानी भएको रहेछ भने तोकिएको अधिकारीले निजबाट त्यस्तो हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।
(२) कसैले यस ऐन बमोजिम अनुमतिपत्र लिनु पर्नेमा सो नलिई वा अनुमतिपत्रमा उल्लेख भएका शर्तहरु पालन नगरी विद्युत उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएको अधिकारीले निजलाई पाँचलाख” रुपैयाँसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्नेछ ।
(३) ……………………..
(४) कसैले बदनियतसाथ कुनै विद्युत उत्पादन वा रुपान्तर केन्द्र, प्रसारण लाइन, वितरण लाइन वा सो सित सम्बन्धित अन्य कुनै संरचनामा प्रतिकूल असर पार्ने कुनै काम गरेमा, भत्काएमा, बिगारेमा वा कुनै किसिमले हानि नोक्सानी पु¥याएमा वा त्यस्तो कुनै काम कुराको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्ने उद्योग गरेमा निजबाट हानी नोक्सानीको विगो असूल गरी निजलाई बिगो बमोजिम जरिवाना वा दशवर्षसम्म कैद वा दुबै सजाय हुन सक्नेछ ।